सङ्खुवासभामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • सङ्खुवासभामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

    किमाथांका (सङ्खुवासभा) । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

    पाँचखपन–४ खानीगाउँस्थित भित्री सडकखण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज बिहान दुर्घटनामा परेको हो । 

    दुर्घटनामा ट्रयाक्टरमा सहयोगी काम गर्ने २१ वर्षीय  श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताए। प्रहरीले ट्याक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई नियन्त्रणमा लिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij