काठमाडाैं । घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध अन्तिम खेल खेल्दै छ । दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शेरू हुनेछ ।
यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जीत निकाल्दै वुल्भ्सले शृंखला जितिसकेको छ । आजको खेलमा पनि जीत निकाले वुल्भ्सले नेपाल ‘ए’ विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ ।
विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने आज जितसहित शृंखलाको सुखद् अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
ट्वान्टी–२० शृंखलापछि दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।
एकदिवसीय शृंखला बुधबारदेखि शुरू हुनेछ ।