मुग्लिन–नागढुंगा सडकमा आजदेखि तीन राति सवारी चलाउन रोक

मुग्लिन–नागढुंगा सडकमा आजदेखि तीन राति सवारी चलाउन रोक

सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • मुग्लिन–नागढुंगा सडकमा  आजदेखि तीन राति सवारी चलाउन रोक

    चितवन । मुग्लिन–नागढुंगा सडक खण्डमा भोलिदेखि तीन दिन राति सवारी चलाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै सडक स्तरोन्नति कार्यका लागि मंगलबारदेखि ३ दिन राती १० बजेदेखि बिहान ४ बजेसम्म सडकमा आवागमन बन्द गर्ने जनाएको हो ।


    मुग्लिन–नागढुङ्गा सडक योजना अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ४ को घोप्टेभिर लगायतका स्थानमा भिर काट्ने काम भइरहेको छ। दिउँसोको समयमा सवारी चापका कारण काम गर्न असहज भएपछि राती सवारी बन्द गरेर काम अघि बढनराउन लागिएको हो। 

    चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालद्वारा हस्ताक्षरित सूचनामा यात्रुलाई पर्न सक्ने असुविधालाई ध्यान दिँदै समय हेरेर आफ्नो यात्रा तय गर्न अनुरोध गरिएको छ।

    770a1c06-af9f-47fe-b08d-377017b85793.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij