कठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमवार अर्याललाई काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको हो ।
सीआईबीका प्रमुख एआईजी प्रमुख मनोज केसीले सिइओ अर्याल पक्राउ परेको पुष्टि गर्दै सेयर बाँडफाँटका सम्बन्धमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको बताए । सोही कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्टयाएको सेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायले माग गरेको कागजात पेस गर्दा गलत दिएको आरोप अर्याल माथि लाग्दै आएको थियो ।
फरक फरक निकायमा फरक(फरक कागजात पेस गरेको देखिएपछि धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनले समेत अर्याललाई दोशी देखाएको थियो।