आगामी वैशाख २ गतेदेखि आर्थिक गणना सुरु

आगामी वैशाख २ गतेदेखि आर्थिक गणना सुरु

सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • आगामी वैशाख २ गतेदेखि आर्थिक गणना सुरु

    चितवन ।  आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त गणनाका लागि एक सय १७ गणकले काम गर्ने जानकारी दिइयो । 

    कार्यालयका प्र्रमुख रेणुकुमारी घिमिरेले १७ जना सुपरिवेक्षकसहित एक सय १७ जना गणक जिल्लामा खटाइने जानकारी दिए । उनले असार ७ गतेसम्म जिल्लाका सातै पालिकामा स्थानीय गणकहरू नियुक्ति गरिसक्ने र त्यसरी खटिने गणकलाई आफ्नो सही सूचना प्रवाह गर्न आग्रह गरे । 
    अठार वटा उद्योग समूहका आर्थिक एकाइहरूलाई समेटेर १३ वटा खण्डमा प्रश्नावली तयार गरिएको घिमिरेले जानकारी दिए । 

    आर्थिक गणना, २०७५ अनुसार चितवनमा २९ हजार २३७ उद्योग रहेको पाइएका छन्, जसमा १७ हजार ४५ उद्योग दर्ता भएको र १२ हजार १८४ उद्योग दर्ता नभएको पाइएको छ । कार्यालयका प्र्रमुख घिमिरेले जिल्लाका ६२ दशमलव ६२ प्रतिशत उद्योग पुरुषहरूको स्वामित्वमा रहेका र ३७ दशमलव ३८ प्रतिशत उद्योग महिला व्यवस्थापक भएर काम गरेको जानकारी दिए । 

    गणनाका क्रममा कृषि क्षेत्रका केही क्षेत्रबाहेक अन्य क्षेत्रको गणना गरिने छ । आर्थिक गणनाले अर्थतन्त्रलाई व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij