काठमाडौँ। अब बृद्व भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता पाउँन ७५ बर्ष पुग्नु पर्ने भएको छ । सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने न्यूनतम उमेर वृद्धि गर्ने प्रस्ताव अघि सारिएसँगै यस्तो व्यवस्था हुन लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ मा यस्तो सिफारिस गरिएको छ । सो मार्गचित्रले हाल कायम गरिएको उमेर सीमालाई पुनरावलोकन गर्दै भत्ता पाउने उमेर ७५ वर्ष पुर्याउन सुझाव दिएको छ।
यसअघि सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सो सीमा ७० वर्ष कायम गरेको थियो। २०७९ सालको निर्वाचनअघि पनि भत्ता वितरणको उमेर ७० वर्ष नै कायम थियो।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उमेर घटाएर ६८ वर्षमै भत्ता उपलब्ध गराउने व्यवस्था गरेको थियो।
सामाजिक सुरक्षा भत्तामा राज्यको दायित्व क्रमशः बढ्दै गएपछि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले यसअघि नै उमेर सीमा बढाउन सुझाव दिएको थियो।