गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

    गुल्मी । चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

    चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको लु१ज १८३४ नम्बरको सफारी जिपले थापालाई बाटो काट्दै गरेको अवस्थामा रिपाहा भन्ने ठाउँमा शनिबार साँझ ठक्कर दिएको थियो । जिपको ठक्करबाट घाइते हुनुभएकी थापालाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पामा पठाइएको थियो ।

    थापाको उपचारका क्रममा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जिपका चालक जीवन फौदारसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij