काठमाडौँ । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आइतबार (आज) अदालत पेस गर्न लागेको छ ।
शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले आइतबार अदालतमा पेस गर्न लागेको हो । प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गरिने छ ।
गत भदौ २३–२४ गते नवयुवा पुस्ता ९जेनजी० ले शान्तिपूर्ण रूपमा गरेको विरोध प्रदर्शन एकाएक हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।