पहिरोले कान्ति लोकपथ अवरुद्ध, बीपी राजमार्ग खुलाउने प्रयास जारी

पहिरोले कान्ति लोकपथ अवरुद्ध, बीपी राजमार्ग खुलाउने प्रयास जारी

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • पहिरोले कान्ति लोकपथ अवरुद्ध, बीपी राजमार्ग खुलाउने प्रयास जारी

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको छ । आज दिउँसो खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको हो ।

    निरन्तर वर्षा भइरहेका कारण पहिरो खस्ने क्रम रोकिएको छैन । सडक तत्काल सञ्चालनमा आउने सम्भावना कम रहेको प्रहरीले जनाएको छ । अवरोधका कारण हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेका सवारी साधन ठिंगन क्षेत्रमा र काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेका सवारी साधन बागमती पुलनजिक रोकिएका छन् ।

    यसैबीच, अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी रहेको छ । काभ्रेको भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकाका विभिन्न स्थानमा लेदोसहितको बाढी र पहिरोका कारण यातायात प्रभावित बनेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटार क्षेत्रमा सडक अवरुद्ध भएको छ । प्रहरी निरीक्षक सुनिल धाँजुले पहिरो पन्छाउने काम भइरहे पनि हुस्सु र सिमसिम वर्षाले समस्या भइरहेको जानकारी दिए ।

    उक्त क्षेत्रमा गएको वर्षको बाढीपहिरोपछि खोलाबाट अस्थायी सडक निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij