काठमाडौं । केपी शर्मा ओलीको पक्राउको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताले गरेको प्रदर्शनका कारण माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ ।
शनिबार बिहान प्रहरीले ओलीलाई पक्राउ गरेपछि त्यसको विरोधमा एमालेका २३ वटा जनसंगठनले संयुक्त रूपमा माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा कार्यकर्ताहरूले “केपी ओलीलाई तुरुन्त रिहा गर”, “बालेन सरकार मुर्दावाद” लगायतका नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरू निषेधाज्ञा उल्लंघन गर्दै नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै धरपकड सुरु गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीचको तनावका कारण माइतीघर आसपासको क्षेत्र केहीबेर तनावग्रस्त बनेको छ ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।