काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर मल्ललाई प्रहरीले बलात्कार सम्बन्धी आरोपमा पक्राउ गरेको छ। उनलाई शनिबार ललितपुरको सातदोबाटो क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रहरीका अनुसार मुगु घर भएका मल्लविरुद्ध एक युवतीले बलात्कारको जाहेरी दर्ता गराएकी थिइन्। पीडितले बालकुमारीस्थित एक होटलमा मल्लले आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।
उक्त घटनाबारे प्रारम्भमा पीडितले भ्रूणहत्या सम्बन्धी उजुरी दिएको भए पनि पछि बलात्कारसम्बन्धी जाहेरी दर्ता गराएकी हुन्। पीडित महिला कालिकोटकी स्थानीय भएको खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।