ओली पक्राउविरुद्ध माइतीघरमा दिउँसो ३ बजे एमालेको प्रदर्शन

ओली पक्राउविरुद्ध माइतीघरमा दिउँसो ३ बजे एमालेको प्रदर्शन

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • ओली पक्राउविरुद्ध माइतीघरमा दिउँसो ३ बजे एमालेको प्रदर्शन

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज माइतीघरमा प्रदर्शन गर्ने भएको छ।

    एमालेले दिउँसो ३ बजे जनसंगठनहरूको नेतृत्वमा माइतीघरमा विरोध प्रदर्शन आयोजना गरेको जनाएको छ। पार्टीले ओलीलाई प्रतिशोधपूर्ण र बदलाभावले पक्राउ गरिएको आरोप लगाउँदै लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन आम नागरिकलाई सहभागिताका लागि आह्वान गरेको छ।

    यसअघि पनि ओली पक्राउको विरोधमा काठमाडौंका विभिन्न स्थानमा एमाले कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन्। सचिवालय बैठक चलिरहेका बेला चाबहिल लगायतका क्षेत्रमा कार्यकर्ताहरू सडकमा उत्रिएका थिए।

    गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा गठित आयोगको सिफारिसका आधारमा शनिबार बिहानै अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले पक्राउ गरेको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij