रोशीकाे बाढीले बगाएर एक कर्मचारीकाे मृत्यु, गाडी र बाइक पनि बगे

रोशीकाे बाढीले बगाएर एक कर्मचारीकाे मृत्यु, गाडी र बाइक पनि बगे

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • रोशीकाे बाढीले बगाएर एक कर्मचारीकाे मृत्यु, गाडी र बाइक पनि बगे

    बनेपा । रोशी खोलामा आएको बाढीले बगाएर एक कर्मचारीकाे मृत्यु भएको छ । बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरमा कार्यरत रोशी गाउँपालिका-७ का ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको हाे । 

    इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार, साे कार्यालयका सुपरभाइजर तामाङ शुक्रबार रातको समयमा स्थायी रूपमा निर्माणाधीन विपी राजमार्गमा काम गर्ने क्रममा बाढीले बगाएको हाे । 

    राति मोटरसाइकलमा सवार दुई जना खोला तर्न लाग्दा बग्न लागेपछि मोटरसाइकल छाडेर नजिकको स्काभेटरमा चढेको र उनीहरूलाई जोगाउन जाँदा तामाङलाई बाढीले बगाएको प्रहरीले जनाएको छ । साे बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडीसमेत बगाएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij