काभ्रे । बीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिकाका चार विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग दुइतर्फी बन्द भएको हो ।
लगातारको वर्षापछि आएको पहिरोका कारण सवारी आवागमन पूर्णरूपमा प्रभावित भएको छ । राजमार्ग अवरुद्ध भएपछि लामो दूरीका यात्रु तथा मालवाहक सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।
प्रहरीका अनुसार पहिरो हटाउने कार्य जारी रहेको छ । सडक खुलाउने प्रयास भइरहेको भए पनि पहिरो ठूलो परिमाणमा खसेकाले केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।
यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।