पूर्वगृहमन्त्री रमेश लेखक भक्तपुरबाट पक्राउ

पूर्वगृहमन्त्री रमेश लेखक भक्तपुरबाट पक्राउ

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • पूर्वगृहमन्त्री रमेश लेखक भक्तपुरबाट पक्राउ

    भक्तपुर । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । मन्त्रिपरिषदको निर्णय र पक्राउ पुर्जीसहित शनिबार बिहानै भक्तपुर कटुन्जेस्थित निवासमा पुगेको प्रहरी टोलीले लेखकलाई पक्राउ गरेको हो । 

    भदौ २३ गते जेन्जी आन्दोलनमा भएको गोलीकान्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर गरेको थियाे ।

    शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बनेको सरकारकाे पहिलो वैठकले तत्कालै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।  

    साेहि निर्णयका अधारमा काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई निवासबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसरमा राखिने भएको छ । उनलाई नियन्त्रणमा लिन ठुलाे संख्यामा सुरक्षाकर्मी कटुन्जे पुगेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij