ओली–लेखक पक्राउ तयारी: प्रहरी गुण्डु र कटुन्जेमा, एमाले भ्रातृ संगठनहरुको आपत्ति

ओली–लेखक पक्राउ तयारी: प्रहरी गुण्डु र कटुन्जेमा, एमाले भ्रातृ संगठनहरुको आपत्ति

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • ओली–लेखक पक्राउ तयारी: प्रहरी गुण्डु र कटुन्जेमा, एमाले भ्रातृ संगठनहरुको आपत्ति

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गर्ने तयारीमा प्रहरी जुटेको छ । जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि उनीहरूविरुद्ध जरुरी पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाइएको हाे ।

    गए राति नक्सालस्थित प्रहरी महानिरीक्षकको निवासमा गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल बीच पक्राउ सम्बन्धी रणनीतिक छलफल भएको थियो ।

    प्रहरी टोली अहिले भक्तपुरको गुण्डुस्थित ओली निवास र कटुन्जेस्थित लेखक निवासमा पुगेको छ । ओली निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने नेकपा एमालेका नेता–कार्यकर्ता पनि त्यहाँ भेला भएका छन् ।

    शुक्रबार नयाँ सरकार गठनपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै गृहमन्त्री गुरुङले सुरक्षा निकायका उच्च अधिकारीहरूसँग निरन्तर कानुनी परामर्श गरेका थिए ।

    आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा तत्कालीन आइजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले भने सुरक्षा निकायका पदाधिकारीका हकमा छुट्टै अध्ययन समिति गठन गर्ने र अन्य व्यक्तिको हकमा सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको जनाएको छ ।

    यसैबीच, आफ्ना अध्यक्ष ओलीमाथि धरपकड गर्न खोजिएको भन्दै नेकपा एमालेका भ्रातृ संगठनहरूले विरोध जनाएका छन् । राजनीतिक नेतृत्वमाथि मात्र कारबाही अघि बढाइएको भन्दै उनीहरूले सरकारको कदमलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन् । साथै, न्यायिक सिद्धान्तविपरीत कुनै पनि कारबाही स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij