संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

    काठमाडौँ ।  संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने एउटै बेन्चमा बस्ने भएका छन् ।

    गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीन पार्टीको तत्कालको संसदीय स्थान प्रतिपक्ष बेन्च तय गरिदिएको हो । यसअघि मुलुकका प्रमुख तीन दलको पहिचानमा रहँदै आएको थियो ।  

    विसं २०६३ मा लोकतन्त्रको स्थापना र तत्कालीन नेकपा ९माओवादी० शान्ति प्रक्रियामा आएपछि गठन भएको अन्तरिम संसद्मा यी तीनवटै दल एउटै बेन्चमा थिए । तर, २०६४ सालको संविधानसभा निर्वाचनबाट बनेको सभा र त्यसपछिका संसद्हरुमा भने कांग्रेस, एमाले र माओवादीमध्ये कुनै दुई दल सत्तामा हुँदा प्रायः एक दल प्रतिपक्षमा बस्ने गरेको अवस्था थियो ।

    तीनवटै दल एउटै बेन्चमा बस्न लागेको भने यो पहिलोपटक हो । यसपटक तीन दलमध्ये कांग्रेस प्रमुख प्रतिपक्ष र अन्य दुई दल प्रतिपक्षको भूमिका रहनेछन् । एउटै विपक्षी बेन्चमा तीन दल रहनेछन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज मात्र प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

    समारोहमा सभा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुभयो । शपथका क्रममा तीन दलका सांसदहरु प्रतिपक्षी बेन्चमा उभिएर शपथ लिनुभयो । राजनीतिक दलहरुको सिट सङ्ख्याका आधारमा सङ्घीय संसद् सचिवालयले दलहरूको बस्ने बेन्चको व्यवस्था गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij