सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट

सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट

बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट

    काठमाडौँ ।  सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा फर्छ्यौट गरेको छ । 

    अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या २५ हजार ७२८ र गत आवमा नयाँ दर्ता भएका १५ हजार १३ गरी जम्मा मुद्दाको लगत ४० हजार ७४१ रहेको थियो । त्यसमध्येबाट ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट भएको सर्वोच्च अदालतले जनाएको हो ।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सर्वोच्च अदालतमा अघिल्लो वर्षको तुलनामा ६ दशमलव ६९ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हो । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आव २०८१र०८२ को वार्षिक प्रतिवेदन बुझाएका छन् ।
        
    उक्त प्रतिवेदन अनुसार उच्च अदालतमा अघिल्लो आवबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या २५ हजार २२५ थान र यस आवमा नयाँ दर्ता भएका ५८ हजार १८५ गरी मुद्दाको जम्मा लगत ८३ हजार ४१० कायम भएकामा ६१ हजार ४५४ मुद्दा अर्थात् ७३ दशमलव ६७ प्रतिशत फर्छ्यौट भएको छ । जुन गत वर्षको तुलनामा ८ दशमलव ८५ प्रतिशतले बढी मुद्दा फर्छ्यौट भएको हो ।
        
    जिल्ला अदालतमा गत आवदेखि जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या एक लाख १० हजार २६ र यस आवमा नयाँ दर्ता भएका एक लाख ८५ हजार १५ गरी मुद्दाको जम्मा लगत दुई लाख ६८ हजार ४४ कायम भएकामा एक लाख ६६ हजार ४६७ मुद्दा अर्थात् ६२ दशमलव १० प्रतिशत फर्छ्यौट भएको प्रतिवेदनमा उल्लेख छ । जुन अघिल्लो वर्षको तुलनामा ८ दशमलव ९० प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हो ।

    प्रतिवेदनमा सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधीकरणमा अघिल्लो आवदेखि जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या एक लाख ६२ हजार ३४४ रहेको जनाइएको छ ।
     
    गत आवमा नयाँ दर्ता भएका दुई लाख ३४ हजार २५३ गरी जम्मा मुद्दाको वार्षिक लगत तीन लाख ९६ हजार ५९३ कायम भएकामा दुई लाख ४७ हजार ३३ अर्थात् ६२ दशमलव २९ प्रतिशत मुद्दा फर्छ्यौट भई एक लाख ४९ हजार ५६० मुद्दा बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij