काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण बिहीबार दिउँसो हुने भएको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, बिहीबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने तय भएको छ ।
सफल ग्रहण सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनेछन्।
केसीले बुधबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।