काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्म हुने भएको छ। बुधबारको कांग्रेस केन्द्रीय समिति बैठकले २०८३ असोज १६, १७ र १८ गते१५औँ महाधिवेशन गर्ने निर्णय गरेको हो।
मंगलबारको बैठकमा सभापति गगन थापाले आगामी भदौ २४(२६ गते महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । महाधिवेशन गर्ने कार्यतालिका संशोधनसहित बुधबारको केन्द्रीय समितिले पारित गरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए।
नयाँ कार्यसुचि अनुसार, २ भदौबाट वडा अधिवेशन सुरु गर्ने भएको छ। त्यसैगरी गाउँ–नगर अधिवेशन ७ भदौ, प्रदेश सभा क्षेत्रीय अधिवेशन १७ भदौ, र क्षेत्रीय अधिवेशन २४ भदौमा हुने बताइएको छ ।