ठमेल क्षेत्रबाट अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला पक्राउ

ठमेल क्षेत्रबाट अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला पक्राउ

बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • ठमेल क्षेत्रबाट अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला पक्राउ

    काठमाडौँ । राजधानीको पर्यटकीय क्षेत्र ठमेलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा २० जना विदेशी महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेकामध्ये सबै युगान्डाका नागरिक रहेका छन्। ठमेल क्षेत्रमा उनीहरूले अभद्र व्यवहार गर्दै सार्वजनिक स्थानमा अवाञ्छित गतिविधि गरिरहेको सूचनाका आधारमा कारबाही गरिएको हो।

    प्रहरीले काठमाडौँ महानगरपालिका-२६ अन्तर्गत फायरचोक क्षेत्र आसपासको सडकबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। सो क्षेत्रमा पैदल यात्रु तथा पर्यटकहरूलाई अनावश्यक रूपमा अवरोध पुर्‍याउने, तथा अश्लील क्रियाकलापका नाममा मोलमोलाइ गर्ने गतिविधि भइरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीको भनाइ छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन भट्टराई का अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ।

    पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक शान्ति-सुरक्षा कायम राख्न र अनैतिक गतिविधि नियन्त्रण गर्न नियमित निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij