काठमाडौं । सरकारी कार्यालय शनिबार र आइतबार गरी सातामा २ दिन बिदा दिन माग उठ्न थालेको छ । सार्वजनिक प्रशासन रूपान्तरण अभियानले सरकारी कार्यालयमा शनिबार र आइतबार गरी २ दिन बिदा दिन प्रस्ताव गरेको हो ।
सार्वजनिक प्रशारण रूपान्तरण अभियान २०८२ ले बालेन्द्र शाह ९बालेन०को नेतृत्वमा बन्दै गरेको सरकारका लागि सुधारको खाका सार्वजनिक गर्दै सातामा २ दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको हो ।
अभियानका संयोजक गणेश घिमिरेले मंगलबार सुधारको खाका सार्वजनिक गर्दै इन्धन संकट कम गर्न तथा पर्यटन प्रवर्द्धनका लागि पनि हप्तामा २ दिन बिदा दिन उपयुक्त हुने बताए ।
सातामा दुई दिन सार्वजनिक बिदा दिई अन्य सार्वजनिक बिदा पुनरवलोकन गर्नुपर्ने र कार्यालय समय बिहान ९ बजेदेखि ५ वजेसम्म गर्नुपर्ने घिमिरेको सुझाव छ । कार्यालय समय बिहान ९ देखि ५ बजेसम्म गर्दा कर्मचारीले सातामा काम गर्ने समयमा तलमाथि नहुने घिमिरेले बताए ।