लागू औषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

लागू औषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • लागू औषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

    काठमाडौँ ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषधसहित १५ जनालाई पक्राउ गरेको छ । 

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो ।

    सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट सिरहाको गोलबजार नगरपालिका-४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो । 

    नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१२ बाट दुई,सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट दुई,बाँकेका दुई,रुकुम पूर्वको, भूमे गाउँपालिका–२ बाट दुई जनालाई पक्राउ गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij