डोटी । डोटीमा भएको जीप दुर्घटनामा दुईजनाको ज्यान गएको छ । जिल्लाको आदर्श गाउँपालिका–६, रौसेल्ला खोलानजिक कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बोलेरो चालक आदर्श–३, काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका छन् । प्रहरीका अनुसार, खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१–००१च ३९२३ नम्बरको बोलेरो घुम्तीमा अनियन्त्रित भई गएराति १२ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनापछि दुवैजना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेला परेको बताइएको छ । बालेरोमा दुई जना मात्र रहेको जनाइएको छ ।