बिराटनगर । मोरङमा एक वर्षमा क्षयरोगबाट ३५ जनाको मृत्यु भएको छ। विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वागमती सेवा समाजद्वारा सोमबार आयोजित अन्तर्क्रियामा स्वास्थ्य कार्यालयका अधिकृत मुलकचन्द राजवंशीले अघिल्लो आर्थिक बर्ष क्षयरोगबाट ३५ जनाको मृत्यु भएको जानकारी दिएका हुन्।
राजवंशीका अनुसार आव २०८०र०८१ मा क्षयरोगबाट ३० जनाको मृत्यु भएको थियो । जिल्लामा चालु आवको आठ महिनामा ९०९ क्षयरोगका सङ्क्रमित फेला परेका छन ।
गत आवमा एक हजार २२२ सङ्क्रमित फेला परेका थिए। मोरङका सुन्दरहरैँचा,पथरीशनिश्चरे, उर्लाबारी क्षेत्रमा क्षयरोगका सङ्क्रमित बढी फेला परेको बताइएको छ । सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको छ।