केन्द्रीय कारागारबाट फरार एक कैदी सिरहाबाट पक्राउ

केन्द्रीय कारागारबाट फरार एक कैदी सिरहाबाट पक्राउ

सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • केन्द्रीय कारागारबाट फरार एक कैदी सिरहाबाट पक्राउ

    सिरहा ।  गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिरहाकै कर्जन्हा नगरपालिका–७ मेरवा बस्ने ३८ वर्षीय अञ्जनी कुशवाहा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कर्जन्हाबाट खटिएका प्रहरी टोलीले आज उनकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

    प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार उनी कर्तव्य ज्यान मुद्दामा काठमाडौँस्थित केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए । पक्राउ परेका कुशवाहालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij