नाडा अटोमोबाइल्समा पदाधिकारी तथा सदस्य मनोनयन

नाडा अटोमोबाइल्समा पदाधिकारी तथा सदस्य मनोनयन

सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • नाडा अटोमोबाइल्समा पदाधिकारी तथा सदस्य मनोनयन

    काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्र उप्रेतीले कार्यसमिति विस्तार गरेका छन्। आइतबार बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराईलाई मनोनयन गरेको छ। 

    यस्तै, उपाध्यक्षहरूमा विक्रम सिंहानिया र अभिक ज्योति चुनिएका छन्। महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सह–कोषाध्यक्षमा निलमणी पाठक चयन भएका छन्। 

    यसैगरी, संस्थागत सदस्यहरूमध्येबाट प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चुनिएका छन्। साधारण सदस्यहरूबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकास जोशी र विमल साह कार्यसमिति सदस्य भएका छन्। 

    त्यसैगरी, अध्यक्षबाट दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरीलाई मनोनित सदस्यका रूपमा कार्यसमितिमा समेटिएको छ। नाडाको विधान २०७१ (संशोधन सहित) अनुसार नयाँ कार्यसमितिलाई पूर्णता दिइएको हो। यसअघि २०८२ पुस २५ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरी समितिलाई औपचारिक रूपमा पूर्ण बनाइएको जनाइएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij