चितुवाको आक्रमणबाट एक शुरक्षाकर्मिसहित चारजना घाइते

चितुवाको आक्रमणबाट एक शुरक्षाकर्मिसहित चारजना घाइते

सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • चितुवाको आक्रमणबाट एक शुरक्षाकर्मिसहित चारजना घाइते

    झापा । झापामा चितुवाको आक्रमणबाट एक सशस्त्र प्रहरीसहित चारजना घाइते भएका छन् । जिल्लाको बुद्धशान्ति गाउँपालिका–४, टिमाइमा आइतबार चितुवाको आक्रमणबाट  चारजना घाइते भएका हुन् । 

    स्थानीय कमल खड्काको मकैबारीमा घाइते अवस्थामा फेला परेको चितुवालाई प्रहरी, वन कर्मचारी र स्थानीयले नियन्त्रणमा लिन खोज्दा  स्थानीयवासी र प्रहरीलाई आक्रमण गरेको थियो ।
    प्रहरीका अनुसार, घाइते हुनेमा सशस्त्र प्रहरी सुरक्षा बेस टिमाइका सहायक प्रहरी नायब निरीक्षक केदार श्रेष्ठ, बुद्धशान्ति–६ का ५० वर्षीय कृष्ण गजमेर, मेचीनगर नगरपालिका –१० का २६ वर्षीय विशाल कार्की र बद्धशान्ति–६ का ५४ वर्षीय दुर्गाबहादुर कटुवाल रहेका छन् । 

    चारै जना घाइतेको बुद्धशान्तिस्थित भागिरथा न्यौपाने अस्पतालमा उपचार भइरहेको छ । आक्रमण पछि स्थानीयवासीको कुटपिटबाट चितुवाको मृत्यु भएको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij