नेपाली कांग्रेसद्वारा सभापति गगन थापाको राजीनामा अस्वीकृत

नेपाली कांग्रेसद्वारा सभापति गगन थापाको राजीनामा अस्वीकृत

आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • नेपाली कांग्रेसद्वारा सभापति गगन थापाको राजीनामा अस्वीकृत

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाले दिएको राजीनामा सर्वसम्मतिले अस्वीकृत गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको हारको नैतिक जिम्मेवारी लिँदै थापाले विधानको धारा २६ (१) बमोजिम उपसभापति समक्ष राजीनामा पेश गरेका थिए।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दुई दिनसम्म चलेको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पेश गरेका थिए, जसलाई बैठकले एकमतले पारित गरेको हो।

    पार्टी प्रवक्ता देवराज चालिसेले एक विज्ञप्ति जारी गर्दै सभापति थापाको राजीनामालाई केन्द्रीय कार्यसमितिले अस्वीकृत गर्ने निर्णय गरेको औपचारिक जानकारी दिएका छन्।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij