सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    काठमाडौँ ।  सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आज मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ । 

    गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित सङ्घीय सांसदहरुको सपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो ।

    बैठकमा गृहमन्त्री अर्यालले सांसदहरुको सपथ ग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्न निर्देशन दिए । सो सम्बन्धमा आवश्यक सबै तयारी पुरा भएको प्रहरीले अवगत गराएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij