पाल्पा । पाल्पामा भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । जिल्लाको माथागढी गाउँपालिका–७, रहबासमा शनिबारसाँझ भएको सो दुर्घटनामा परेर गम्भीर घाइते भएका तानसेन नगरपालिका–१०, पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्युु भएपछि मृतकको संख्या चार पुगेको हो ।
झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्युु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–४, सिधाराका चालक चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको थियो ।
दुर्घटनामा परेका चारैजनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा पठाइएको थियो । तीनजनालाई चिकित्सकले तत्काल मृत घनेषणा गरका थिए ।