चरेस कारोबार गर्ने पाँच पक्राउ

चरेस कारोबार गर्ने पाँच पक्राउ

आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • चरेस कारोबार गर्ने पाँच पक्राउ

    काठमाडौँ । खैरो हेरोइन र चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले लागुऔषध खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ की ३८ वर्षीया कल्पना तामाङ, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका ३१ वर्षीय विशाल श्रेष्ठ, सिन्धुपाल्चोकको चौतारा नगरपालिकाका ३९ वर्षीय अर्जुन थापा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका ३० वर्षीय सागर तामाङ र भारतीय नागरिक २५ वर्षीय बिपुल बर्मा रहेका छन् ।

    पक्राउ परेकाहरूबाट ठूलो परिमाणमा चरेस र खैरो हेरोइन बरामद गरिएको व्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । खैरो हेरोइन बिक्री गर्ने भारतीय नागरिक बिपुललाई विराटनगर र बाँकीलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए । पक्राउ परेका पाँचै जनामाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij