टिपर दुर्घटनामा तीनजनाको मृत्यु, एक घाइते

टिपर दुर्घटनामा तीनजनाको मृत्यु, एक घाइते

आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • टिपर दुर्घटनामा तीनजनाको मृत्यु, एक घाइते

    पाल्पा । पाल्पामा भएको टिपर दुर्घटनामा   तीनजनाको मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका–७, रहबासमा शनिबारसाँझ भएको सो दुर्घटनामा परेर थप एक जना गम्भीर घाइते भएका छन् । 

    झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्युु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–४, सिधाराका चालक चिन्ताबहादुर सुनार रहेका छन । 

    अन्य दुईजनाको पहिचान खुल्न बाँकी छ । तानसेन नगरपालिका–१०, पटुवाका ३३ वर्षीय राजन चिदीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा परेका चारैजनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा पठाइएको थियो । उपचारका क्रममा तीन पुरुषलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले पाल्पा जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij