काठमाडौं । काठमाडौं महानगरपालिका–१२ भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टेकु बस्दै आएका भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह रहेका छन् ।
शुक्रबार साँझ कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए । घाइते दुवै जनाको उपचारका क्रममा गएराति ट्रमा सेन्टरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले बस चालक दोलखा घर भई हाल कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको छ ।