कुखुरापालन व्यवसाय विस्तार : वार्षिक ६१ अर्बको मासु कारोबार

कुखुरापालन व्यवसाय विस्तार : वार्षिक ६१ अर्बको मासु कारोबार

शनिवार, चैत्र ७ २०८२
शनिवार, चैत्र ७ २०८२
  • कुखुरापालन व्यवसाय विस्तार : वार्षिक ६१ अर्बको मासु कारोबार

    काठमाडौं । नेपालमा कुखुरापालन व्यवसाय तीव्र रूपमा विस्तार हुँदै गएको छ। एक वर्षमा मात्रै झण्डै ६१ अर्ब रुपैयाँ बराबरको कुखुराको मासु कारोबार भएको छ भने अण्डा बिक्रीबाट १४ अर्ब ८२ करोड रुपैयाँ आम्दानी भएको तथ्याङ्क सार्वजनिक भएको छ।

    राष्ट्रिय तथ्याङ्क कार्यालय ले सार्वजनिक गरेको ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२’ अनुसार कुखुरापालन व्यवसाय परम्परागत निर्वाहमुखी प्रणालीबाट पूर्ण रूपमा व्यावसायिकतर्फ रुपान्तरण भइसकेको देखिएको छ।

    सर्वेक्षणअनुसार मनाङ र मुस्ताङ बाहेक देशका सबै जिल्लामा व्यावसायिक कुखुरापालन विस्तार भइसकेको छ। यस क्षेत्रमा झण्डै ६३ हजार ८ सय किसान संलग्न छन् भने देशभर करिब २३ हजार कुखुराफार्म सञ्चालनमा रहेका छन्। तीमध्ये अधिकांश फार्म व्यक्तिगत स्वामित्वमा सञ्चालन भइरहेका छन्, तर केवल ६३.७ प्रतिशत मात्रै सरकारी निकायमा दर्ता भएका छन्।

    कुखुरापालन क्षेत्रले वार्षिक ८६ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष आर्थिक कारोबार गर्दै हजारौँलाई रोजगारी उपलब्ध गराएको छ।

    भौगोलिक हिसाबले बागमती प्रदेश कुखुरापालनको मुख्य केन्द्रका रूपमा देखिएको छ। विशेषगरी काठमाडौं उपत्यका र आसपासका जिल्लामा उच्च माग र बजार पहुँच सहज भएकाले यो क्षेत्र अग्रणी बनेको हो।

    साथै, पछिल्लो समय शिक्षित युवाहरूको आकर्षण बढ्दै जाँदा आधुनिक प्रविधि र व्यवस्थापकीय सीपको प्रयोग विस्तार भइरहेको छ, जसले उत्पादनको गुणस्तरमा समेत सुधार ल्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij