काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले नवयुवा आन्दोलनमा राज्य पक्षबाट दमन भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च पदाधिकारीमाथि कारबाही सिफारिस गरेको छ।
आयोगको डा. लिली थापा संयोजकत्वको छानबिन समितिले करिब १० हजार पृष्ठको प्रतिवेदन अध्यक्ष तपबहादुर मगर लाई बुझाएको हो। प्रतिवेदनले आन्दोलन नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग र घातक हतियार प्रयोग भएको औँल्याएको छ।
छानबिनमा रमेश लेखक, अशोकराज सिग्देल लगायत राष्ट्रिय सुरक्षा परिषद्का पदाधिकारीलाई जिम्मेवार ठहर गरिएको छ। घटनामा ७६ जनाको मृत्यु र २,४२९ जना घाइते भएको उल्लेख छ।
आयोगले प्रतिवेदन पारित गरेपछि सिफारिस कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइने जनाएको छ।