हेटौँडा । वर्षापछि आएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका ८ मा पहिरो खस्दा शुक्रबार साँझ करिब ५ बजेदेखि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, पहिरोले सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । पहिरो पन्छाउन इलाका प्रहरी कार्यालय ठिंगनबाट टोली खटाइएको छ ।
स्थानीय तह तथा डिभिजन सडक कार्यालयसँग समन्वय गरी अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।