भक्तपुर । अवकास प्राप्त निजामति कर्मचारीले अवदेखि पेन्सन पट्टा, औषधी उपचार, घरविदा, उपदान लगायतका सुविधाका लागि राजधानीसम्म धाउनु नपर्ने भएको छ । आजदेख ती सबै काम ७७ वटै जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत हुन थालेपछि अवकाश प्राप्त कर्मचारीलाई दुरदराजदेखि काठमाडौंसम्मको यात्रा गर्नु नपर्ने भएको हो ।
राष्ट्रिय कितावखानाबाट हुंदै आएका ती काम गर्ने अधिकार सरकारले कोष तथा लेखा नियन्त्रण कार्यालय ९कोलेनिका० लाई प्रत्यायोजन गरेपछि अवकाश प्राप्त कर्मचारीको पेन्सनपट्टा, घरविदा, उपदान, औषधि उपचारको रकम लगायतका काम जिल्लामै हुने भएको हो । यसअघि अवकाश प्राप्त कर्मचारीले औषधि उपचार, विरामी विदा, पेन्सन पट्टा वनाउन, घरविदा, उपदान, हिसाव मिलान गर्न ललितपुरस्थित राष्ट्रिय कितावखानामा अनिवार्य उपस्थिति हुनु पर्ने थियो ।
महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार, राष्ट्रिय कितावखानाले आजबाट एकिकृत ई ̶ पेन्सन सेवा शुरु गर्दै परमपरागत सेवालाई डिजिटल युगमा प्रवेश गराएको छ । अव राजिनामा वा अनिवार्य अवकास हुने कर्मचारीले पेन्सन, घरविदा, उपदान लगायतका निवृत्त भएपछि पाउने सेवाहरुका लागि राष्ट्रिय कितावखाना हरिहरभवन पुलचोक धाइरहनु नपर्ने महानिर्देशक पोखरेलको भनाई छ ।
प्रारम्भमा ७७ वटै जिल्लामा ई ̶ पेन्सन सेवाको लागि सहजकर्ता निकायको भुमिका कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्नेछ । राष्ट्रिय कितावखानाको अधिकार कोलेनिकालाई प्रत्यायोजन भएपछि अव सम्वन्धित जिल्लाकै कोष तथा लेखा नियन्त्रण कार्यालयबाट हिसाब किताव र पट्टाको काम हुन थालेको कोलेनिका भक्तपुरका प्रमुख महेश दहालले बताए।
प्रमुख दहालका अनुसार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय कितावखाना निजामती हरिहरभवनले समेत त्यस्तो सेवा सुचारु गरेको छ । यसअघि मेचीदेखि महाकालीका अवकास प्राप्त निजामति कर्मचारीले त्यस्तो काम गर्न हाजारौं रुपौया मात्र खचुर्नु पर्दैनथ्यो, आउँन–जानदेखि काम सकेर घर पुग्न एक साताभन्दाबढी समय समेत लाग्दै आएको थियो ।