काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत्र १३ गते प्रधानमन्त्री नियुक्त हुने भएका छन् । सांसदले १२ गते शपथ ग्रहण गरसंगै १३ गते बालेन प्रधानमन्त्री बन्ने भएका हुन् ।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बिहिवार सांझ भएको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो । रास्वपा उपसभापति वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिने तय भएको छ ।
चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ लिने कार्यक्रम तय भएको छ । सांसदको शपथ लिएपछि मात्रै प्रधानमन्त्रीमा शाहले चैत १३ गते शपथ लिने तय भएको वाग्लेको भनाइ छ । रास्वपाका शीर्ष नेताहरूको छलफलमा चैत १३ गते नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको बताइएको छ ।