दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्डसँग ४० रनले हार्यो नेपाल

दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्डसँग ४० रनले हार्यो नेपाल

शनिवार, चैत्र १७ २०८०
शनिवार, चैत्र १७ २०८०
  • दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्डसँग ४० रनले हार्यो नेपाल

    काठमाडौं । आयरल्याण्ड ए सँगको दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपाल ए पराजित भएको छ । आयरल्याण्ड ए ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १८४ रन बनाउँदा अलआउट भयो ।

    नेपाललाई ओपनरद्वय लोकेश बम र देव खनालले उत्कृष्ट सुरुवात दिलाएका थिए । बमले १३ बलमा २५ रनको विस्फोटक इनिङ्स खेले । उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए ।

    त्यस्तै, खनालले २५ बलमा ४७ रन बनाए । उनले ७ चौका हिर्काएका थिए । कप्तान विनोद भण्डारीले १३ बलमा एक चौका र ३ छक्का हिर्काउँदै २६ रनको योगदान दिए ।

    मध्यक्रममा बासिर अहमदले २३ बलमा २७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् । आयरल्याण्डका लागि बेन ह्वाइटले ४ ओभरमा २९ खर्चेर ३ विकेट लिए । त्यस्तै, फियोन ह्याण्ड र थोमस मोयसले २–२ विकेट हात पारे ।

    आयरल्यान्डका स्पिनर बेन ह्वाइटले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । फिन ह्यान्ड र थोमस मेयसले २-२ विकेट लिए । ग्यारेथ डेलानी म्याथ्यु फस्टर १-१ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij