काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ। संसद्का महासचिव पद्मप्रसाद पाण्डेका अनुसार, आज दिउँसो २ बजेका लागि सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक आह्वान गरिएको हो।
फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन्। वैठकमा प्रतिनिधिसभामा सिट जितेका दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले संसदका काम कारवाहि कसरी अघि बढाउँने लगायतका विषयमा निर्णय गर्ने बताइएको छ । संसद सचिवालयले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएकै दिन वैठक आव्हान गर्नुलाई नयाँ सरकार छिटै बन्ने संकेतका रुपमा बुझ्न सकिन्छ ।