ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान्-श्रीमतीको मृत्यु

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान्-श्रीमतीको मृत्यु

बिहिवार, चैत्र ५ २०८२
बिहिवार, चैत्र ५ २०८२
  • ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान्-श्रीमतीको मृत्यु

    कैलाली । ट्रकको ठक्करबाट कैलालीमा श्रीमान्(श्रीमतीको मृत्यु भएको छ। बुधबार राति कैलारी गाउँपालिका ५ बजैपुरमा ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार  दम्पतीकै मृत्यु भएको हो। 

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा कैलारी गाउँपालिका ५ का कलसु चौधरी र उनकी श्रीमती  सेतानु चौधरीको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई सेती प्रादेशीक अस्पताल धनगढी पुर्याइएका सेतानुलाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए। 

    घाइते कलसु चौधरीको भने उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गोरुगाडाका दुई गोरुमध्ये एउटा मरेको छ भने अर्को घाइते भएको छ। ट्रक चालक धनगढी उपमहानगरपालिका ३ बोराडाँडीका ३३ वर्षीय रुबिन थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएर घट्नाको अनुसन्धान अघि बढाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij