५ हजार ४ सयले घट्यो सुनचाँदीकोे मूल्य, प्रतितोला कति पुग्यो ?

५ हजार ४ सयले घट्यो सुनचाँदीकोे मूल्य, प्रतितोला कति पुग्यो ?

बिहिवार, चैत्र ५ २०८२
बिहिवार, चैत्र ५ २०८२
  • ५ हजार ४ सयले घट्यो सुनचाँदीकोे मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ । 

    हिजो बुधवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५० कायम भएको थियो । गत मङ्गलवार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी रु पाँच हजार ३३५ कारोबार भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij