काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचित भएका सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा आज विहान साढे ११ वजे समानुपातिकतर्फबाट निर्वाचित ११० सांसदलाई प्रमाणपत्र प्रदान गर्न लागिएको हो ।
आयोगले गत सोमबार समानुपातिकबाट निर्वाचित सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट चाररचार जना सांसद निर्वाचित भएका छन् ।
आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने आयोगले गरेको छ ।