धनगढी । कैलालीमा श्रीमतीको हत्या गरेर एक पुरुषले आफूमाथि नै गोली चलाएका छन् । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको गाेली हानी हत्या गरेका हुन् ।
बुधबार जङ्गलमा बाख्रा चराउन गएका बेला घरायसी विवाद बढेपछि रामबहादुरले श्रीमती संजिता मगरको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घरायसी विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीकाे भनाइ छ । थप विवरण आउन वाकी रहेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैँलाई गोली हानेका थिए । आफैँले हानेको गोलीबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । युवक होसमा नआएका कारण घटनाकाे विस्तृत विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।