कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा

कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा

बिहिवार, चैत्र ५ २०८२
बिहिवार, चैत्र ५ २०८२
  • कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा

    काठमाडौं । गगन थापा ले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन् । गत प्रतिनिधिसभा निर्वाचन २०८२ मा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन् ।

    यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए । उक्त क्षेत्रमा उनलाई अमरेशकुमार सिंह ले पराजित गरेका थिए ।

    निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले उल्लेखनीय सफलता हासिल गर्दै झन्डै दुई तिहाइ सिट जित्दा नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ । कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्रै प्राप्त गरेको छ ।

    चुनावी परिणाम सार्वजनिक भएसँगै थापाले राजीनामाको तयारी गरेका थिए । यद्यपि पार्टीभित्रका विभिन्न तहका नेताहरूले उनलाई निर्णय पुनर्विचार गर्न सुझाव दिँदै आएका थिए ।

    निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए । उनले बुझाएको राजीनामाबारे अब पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ, जसका लागि शुक्रबार बैठक बोलाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij