आयरल्याण्ड–ए विरुद्ध नेपालले पायो २२५ रनको विशाल लक्ष्य

आयरल्याण्ड–ए विरुद्ध नेपालले पायो २२५ रनको विशाल लक्ष्य

शनिवार, चैत्र १७ २०८०
शनिवार, चैत्र १७ २०८०
  • आयरल्याण्ड–ए विरुद्ध नेपालले पायो २२५ रनको विशाल लक्ष्य

    काठमाडौं । आयरल्याण्डविरुद्ध नेपालले २२५ रनको लक्ष्य पाएको छ । आयरल्याण्ड र नेपालबीचको आज भएको खेलमा आयारल्याण्डलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको हो । 

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डका पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए । कप्तान निल रक ३४ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रनमा नट आउट रहे । रस आडैर १७, जेम्श म्याकुलम २६, ग्यारेथ डेलानी १० र फिन ह्यान्ड १९ रन बनाए ।

    नेपालका सागर ढकालले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी र पवन सरार्फले एक/एक विकेट लिए ।

    पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij