आगामी महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

आगामी महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

बुधवार, चैत्र ४ २०८२
बुधवार, चैत्र ४ २०८२
  • आगामी महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

    काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ६ गते शुक्रबार बस्ने भएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ती जारी गरी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ६ गते शुक्रबार बस्न लागेको जानकारी दिए ।

    उक्त बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ । बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

    उक्त बैठकमा उपस्थिती हुनका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij