खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, एक घाइते

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, एक घाइते

बुधवार, चैत्र ४ २०८२
बुधवार, चैत्र ४ २०८२
  • खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, एक घाइते

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ बालाबेसीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् भने अन्य यात्रु सकुशल रहेका छन् ।

    बुधबार दिउँसो करिब १२ बजेर २ मिनेटमा ‘९-एनएफक्यू’ नम्बरको हेलिकप्टर अवतरण गर्ने क्रममा बारीको डिल (भित्तो) मा ठोक्किएर दुर्घटना भएको हो । उक्त हेलिकप्टर काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको बताइएको छ ।

    हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीका अनुसार दुर्घटनामा काजीबहादुर राई घाइते भएका छन् । अन्य यात्रु भने सुरक्षित रहेका छन् ।

    घाइते राईलाई उपचारका लागि काठमाडौं ल्याउन एयर डाइनेस्टीकै अर्को हेलिकप्टर घटनास्थल पठाइएको छ ।

    प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा अवतरण गर्ने क्रममा समस्या आएपछि हेलिकप्टरलाई पुनः उडाउन खोज्दा नियन्त्रण गुमेर दुर्घटना भएको हो ।

    घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij