कञ्चनपुरमा जग्गा विवादमा छोराले गरे आमाको हत्या, बहिनी गम्भीर घाइते

कञ्चनपुरमा जग्गा विवादमा छोराले गरे आमाको हत्या, बहिनी गम्भीर घाइते

बुधवार, चैत्र ४ २०८२
बुधवार, चैत्र ४ २०८२
  • कञ्चनपुरमा जग्गा विवादमा छोराले गरे आमाको हत्या, बहिनी गम्भीर घाइते

    कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । उनले धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् ।

    कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति भएको उक्त घटनामा अभियुक्तकी आमाको घटनास्थलमै मृत्यु भएको हो ।

    दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

     फरार अभियुक्तको खोजी जारी छ । जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको सूचना अधिकारी शाहीले  जानकारी दिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij